एमालेका मनोनित केन्द्रीय सदस्यको शपथ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष सो पार्टीका मनोनित केन्द्रीय सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो । यही असोज ५ देखि ८ गतेसम्म भएको एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बैठकले केन्द्रीय कमिटीमा नयाँ सदस्यहरू मनोनित गर्ने निर्णय गरेको थियो ।
शपथग्रहण गर्ने मनोनित केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, डा शिवमाया तुम्बहाम्फे, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, डा प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री, सुरेन्द्र उदास, श्रीप्रसाद शर्मा, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, प्रदीप यादव, डा अब्दुल हुसेन अन्सारी, डिबी कार्की, भवानी खापुङ, बबि चाम्लिङ, विनोद पहाडी, रामप्रित राम र ध्रुव विष्ट रहनुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्