जापान

चलचित्र पेन्सनपट्टा ओकिनावा र ओशाकामा पनि प्रदर्शन हुने

मौलिक नेपाली चलचित्र “पेन्सनपट्टा” जापानको राजधानी टोकियोपछि ओकिनावा र ओशाकामा पनि प्रदर्शन हुने भएको छ । यही अक्टोबर १२ तारिख सोमबार टोकियोमा प्रदर्शन हुनेछ ।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा टोकियोस्थित मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियो १५३–००६३ मा चलचित्र प्रदर्शन हुनेछ।

चलचित्रको पहिलो प्रदर्शन दिउँसो १ बजे र दोस्रो प्रदर्शन अपराह्न ४:३० बजे हुनेछ। टिकटको मूल्य ३ हजार येन निर्धारण गरिएको छ।

टिकट बुकिङका लागि अमर गुरुङ : ०९०–८५०२–४०७२, हर्क गुरुङ : ०८०–३५५७–४४२२, युक्तमान गुरुङ : ०९०–६०४७–३१७८, बुद्ध गुरुङ (आन्द्रे) : ०८०–६६५४–०९१४, सुनिता गुरुङ : ०७०–९००९–५६४६, पूजा गुरुङ : ०८०–५८७३–३९६२, रमेश गुरुङ : ०८०–३५८५–०१०९, हिमाली गुरुङ : ०८०–३३४७–२०२६, श्री गुरुङ : ०९०–४४५३–५३५०, दीपक पौडेल (एनआईटिभी) : ०९०–९१५४–३१५४, नवीन भट्टराई (एनआईटिभी) : ०८०–४९४९–६३७०, नवीन रेग्मी (एनआईटिभी) : ०८०–४९४९–६३८३ मा सम्पर्क गर्न सकिनेछ ।

टोकियोपछि आउँदो नोभेम्बर ५ तारिखका दिन ओकिनावामा प्रदर्शन मिति तय भएको छ । नाहा स्याकुस्यो नजिकको प्यालेट सिभिस थिएटमा साँझ ७ बजे प्रदर्शन हुने चलचित्रको टिकट दर २ हजार येन तोकिएको छ । टिकट विक्री चाँडै सुरु गरिने आयोजकले जनाएका छन् ।

यसै गरी नोभेम्बर ९ तारिखमा ओशाकामा प्रदर्शन हुनेछ । साँझ ६ः२० बजे ओसाका सिटी मिनातो सेन्टर, ठेगानास् १–७–१७ इसोजी, मिनातो वार्ड, ओसाका–५५२–०००३, तोचिकुकाकुसेइरी किनेन् कोर्यु हलमा चलचित्र प्रदर्शन हुनेछ ।

सोल्टी मोमो र गुरुङ मार्टको सहयोग रहने पेन्सनपट्टाको टिकटदर अग्रिम बुकिङ गर्नेलाई २ हजार येन र प्रदर्शनकै दिन हलमा लिनेका लागि २ हजार ५ सय येन निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.