राजनीति

‘विचार, सङ्घर्ष र नेतृत्व’ले नेपालको राजनीतिक जीवनका विभिन्न पक्ष समेटेको छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेल : विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताउनुभएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी दोलखाद्वारा शनिबार काठमाडौँमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, राजनीतिक सङ्घर्ष तथा नेतृत्वदायी भूमिकाका विभिन्न पक्ष समेटिएको उल्लेख गर्नुभयो। उहाँले पुस्तकले पोखरेलको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्त्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वको विचार, अनुभव, सङ्घर्ष र योगदानलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण कार्य भएको बताउनुभयो।

यस्ता दस्तावेजले तत्कालीन राजनीतिक परिवेश, आन्दोलनका अनुभव तथा नेतृत्वका भूमिकालाई बुझ्न सहयोग गर्नुका साथै भावी पुस्ताका लागि राजनीतिक इतिहासको अध्ययन सामग्रीसमेत बन्ने उहाँको भनाइ थियो।

उहाँले पोखरेलले राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदान, उहाँका विचार र नेतृत्वका अनुभवलाई पुस्तकका माध्यमबाट भावी पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने बताउनुभयो।

राजनीतिक जीवनका उतारचढाव र सङ्घर्षलाई व्यक्तिगत अनुभवमा मात्र सीमित नराखी दस्तावेजका रूपमा सुरक्षित गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक इतिहासलाई बुझ्न नेताहरूको व्यक्तिगत अनुभवसँगै उनीहरूले काम गरेको समय, समाज र राजनीतिक परिस्थितिलाई समेत अध्ययन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँका अनुसार राजनीतिक यात्रामा प्राप्त अनुभव र भोगाइलाई दस्तावेजीकरण गर्दा आगामी पुस्ताले विगतका राजनीतिक अभ्यास, उपलब्धि तथा चुनौतीबाट सिक्ने अवसर पाउँछ।

कार्यक्रममा पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले आफ्नो राजनीतिक जीवनमा भोगेका दुःख, कष्ट, सङ्घर्ष तथा प्राप्त गरेका राजनीतिक अनुभवलाई आधार बनाएर पुस्तक तयार पारिएको जानकारी दिनुभयो। उहाँले आफ्नो राजनीतिक यात्राका विभिन्न घटनाक्रम र अनुभवलाई अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक लेखिएको बताउनुभयो।

कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराई, पूर्वमन्त्री पार्वत गुरुङ, लेखक आनन्दप्रसाद पोखरेल, लेखक तथा साहित्यकार झलक सुवेदीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.