राजनीति

डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो वार्ता समिति

विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य पक्षसँग हुने उच्च स्तरीय संवादका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई संयोजक तोकेको छ ।

यही असोज २२ र २४ गते बसेको सचिवालय बैठकले विभिन्न पक्षसँग हुने उच्च तहको संवाद गर्न पार्टीबाट वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि वाग्लेले संवाद गर्ने रास्वपाले जनाएको छ ।

विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन वाग्लेले उच्च संवाद समितिको संयोजन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.