जन सरोकार

श्रमिकको मृत्युबारे अनुसन्धान सुरु

कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ ।

मृत अवस्थामा ४ जना फेला

महोत्तरीको बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत श्रमिकको मृत्युका सम्बन्धमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सो कम्पनीमा कार्यरत रौतहट चन्द्रपुरका ६० वर्षीय सुरता माझीको आइतबार दिउँसो काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएको हो ।

“माझीको अचानक मृत्युको खबर पाउनासाथ घटनास्थलको अवलोकन गरेका छौँ”, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक ताराबहादुर तामाङले भन्नुभयो, “अब अस्पतालमा पुर्याएर शव परीक्षण (पोष्टमार्टम) गरिएपछि माझीको मृत्युबारे केही तथ्य आउन सक्ला ।”

माझी वर्कसपमा काम गर्दागर्दै अचानक ढलेका थिए । लगत्तै उनको मृत्यु भएको कम्पनी सञ्चालक विजय लो तामाङको भनाइ छ । प्रहरीले शव परीक्षण रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.