जन सरोकारस्वास्थ्य

चारसय ५५ जनामा संक्रमण, आठजनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २१४ नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ३ हजार ४ सय १९ पीसीआर र २७ सय ९६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । तीमध्ये पीसीआरबाट ३ सय ९८ जनामा र एन्टिजेनबाट ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ । मन्त्रालयअनुसार बिहीबार ८०४ जना कोरोनामुक्त भएका छन् । यो सहित निको हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ रहेको छ। जसमध्ये ३१० जनाको आइसीयूमा र १०५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घन्टामा ४७ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.