क्रिकेटखेल

विश्वकप क्रिकेटमा न्युजिल्यान्डद्वारा अफगानिस्तानलाई २ सय ८९ रनको चुनौती

भारतमा जारी आइसिसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई जितको लागि दुई सय ८९ रनको लक्ष्य दिएको छ ।

विश्वकप क्रिकेट

भारतको चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८८ रनको योगफल बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिएका हुन् ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाएका हुन् । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रवीन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नविन उल हकले समान दुई दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक एक विकेट झारे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.