क्रिकेटखेल

कास्कीलाई हराउँदै नवलपुर यु–१९ क्रिकेट च्याम्पियन

कास्कीको पोखरा क्रिकेट रङ्गशालामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु– १९’ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ ।

गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा नवलपुर यु–१९ क्रिकेट टोलीले कास्कीलाई डकवर्थ लुइस स्टर्न (डिएलएस) पद्धतिमा ७१ रनले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।

नवलपुरले दिएको २०२ रनको लक्ष्य पछ्याएको कास्की वर्षाका कारणले खेल अवरुद्ध भएपछि संशोधित लक्ष्यअनुसार १७० रन बनाउनुपर्ने अवस्थामा २९ ओभरको तेस्रो बलमा ९८ रनमै अलआउट भयो ।

यससँगै नवलपुरले ७१ रनको जित निकाल्दै च्याम्पियन बन्न सफल भएको थियो । यसअघि टस जितेपछि ब्याटिङ गरेको नवलपुरले ४४ ओभरको चौथो बलमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो ।

नवलपुरका समिर रोकाले सर्वाधिक ४९ रन बनाउँदा समिर न्यौपानेले ३९ रन बनाए । पङ्कज यादवले २७ र दिप्सन भूर्तेलले २४ तथा रजत भूर्तेलले २३ रन बनाए ।

कास्कीका अनिष राउतले सर्वाधिक चार विकेट हात पारे । कास्कीका सुरज अधिकारी सर्वाधिक २४ रन बनाउँदा अनिष राउतले २३ र सम्राट अधिकारीले २१ रन बनाए ।

टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुशील भुसाल फाइनल खेलको उत्कृष्ट खेलाडी घोषित भए । भुसालले फाइनलमा उत्कृष्ट बलिङ गर्दै सात ओभरमा ११ रन खर्चेर चार विकेट लिए । उनको प्रभावशाली बलिङ प्रदर्शनले कास्कीलाई कम योगफलमा समेट्न महत्त्वपूर्ण योगदान पुर्‍यायो ।

यही असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकीका आठ जिल्लाको सहभागिता रहेको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा स्याङ्जा, पर्वत र नवलपुर तथा समूह ‘बी’मा कास्की, बागलुङ र तनहुँ रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.