जन सरोकार

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्साको परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।

बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।

गाउँपालिकाले बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्यले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गरेको हो ।

निवेदनमा बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेरसँगै बाढीमा परेका अन्य व्यक्तिको विवरण, नाता प्रमाणित हुने कागजात तथा बाढीमा बेपत्ता भएको व्यहोरा खुल्ने स्वघोषणा समावेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले जानकारी दिनुभयाे ।

गाउँपालिकाका अनुसार बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्य नभएको अवस्थामा सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा व्यक्ति बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.