राजनीति

'रअ' प्रमुखसंग प्रधानमन्त्री ओलीको भेट कूटनीतिक मर्यादा विपरीत र आपत्तिजनक

दुई मुलुकबीच सम्बन्धमा चीसोपन आइरहेका बेला एकाएक भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल दलबलसहित काठमाडौं आए र प्रधानमन्त्री केपी ओलीसंग भेट गरे ।

विदेशी गुप्तचर निकायका प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसंग भेट नभएको बताइए पनि बुधबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेट गरेको खुलाउनुभएको छ ।

सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ ।

भेटका क्रममा गोलयले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको पनि थापाले बताउनुभएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा)का नेता भीम रावलले सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट कूटनीतिक मर्यादा विपरीत र आपत्तिजनक भएको उल्लेख गर्नुभएको छ ।

बिहीबार एक ट्विट गर्दै नेता रावलले रअ प्रमुख गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भेटलाई कूटनीतिक मर्यादा विपरीत र आपत्तिजनक भएको उल्लेख गर्दै भन्नुभएको छ ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ, कूटनीतिक मर्यादा विपरीत छ’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.