एनआरएन फाउण्डेशनको विधिवत रुपमा दर्ता
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता गरेको छ ।

नाफा वितरण नगर्ने, परोपकारी संस्थाका रुपमा कम्पनी रजिष्ट्रारको कार्यलयमा फाउण्डेशनको गत असोजमा विधिवत रुपमा दर्ता भएको हो ।
यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको, गैर नाफामूलक, गैरराजनीतिक तथा गैर–सरकारी संस्थाका रुपमा रही सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने एक व्यावसायिक फाउण्डेशन हुनेछ ।
फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोइराला रहेका छन् ।
फाउण्डेशनको पहिलो आधिकारिक बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य सदस्यहरुमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका)लाई मनोनित गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्