अर्थ

डिजेल र मट्टीतेलको मूल्य घट्यो 

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बुधबार बिहान १ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा समान ४-४ रुपैयाँले घटाएको हो ।

नेपाल आयल निगम

निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको थियो । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

यद्यपि आईओसी बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.