राजनीति

एमालेद्वारा शुभकामना तथा चियापान कार्यक्रम स्थगन

नेकपा (एमाले)ले आज दशैं, तिहार, छठ र नेपाल संवतका अवसरमा विभिन्न जिल्लामा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ ।

नेकपा (एमाले

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताउनुभयो ।

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.