कोशीप्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्की

शनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उहाँले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषद्मा सामेल गराएको स्पष्ट गर्नुभयो । साथै उहाँले सरकारले चाँडै पूर्णता पाउने बताउनुभयो ।

कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गर्नुभयो । उहाँले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.