क्रिकेटखेल

डेभिड मिलरको शानदार पारीबीच कर्णालीको हार, सुदूरपश्चिम ३९ रनले विजयी

डेभिड मिलरको शानदार पारीबीच राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो ।

सुदुरपश्चिमको लागि सैफ जैबले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए भने बिनोद भण्डारीले २२ बलमा सामना २ चौका र २ छक्कासहित २७ रन जोडे । यस्तै ब्रान्डन म्याकमलेनले २५ रन जोड्दा इशान पाण्डेले २३ तथा थारिन्दु रत्ननायक २३ र स्कट कुग्गेलिन १३ रनमा अविजित रहे।

कर्णालीको लागि मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ र हुसेन तलतको भागमा समान एक-एक विकेट रह्यो । सुदूरपश्चिमले दिएको १७७ रन्को लक्ष्य लिएर मैदान उत्रेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्र बनायो ।

उसको लागि डेभिड मिलरले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ९३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै दीपक डुम्रेले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको लागि स्कट कुग्गेलिनले दुई विकेट लिए भने दीपन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा , थारिन्दु रत्ननायक र अनिल खरेलको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै सुदूरपश्चिम पाँच खेलमा छ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने चार खेलमा चार अङ्क जोड्दै पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.