सूचना/प्रविधि

मन्त्री पुुनद्वारा विज्ञान प्रविधिको विकासमा सुझाव आव्हान

शिषा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विदेशमा रहेर यस क्षेत्रमा कार्य गरिरहेका नेपालीहरुसंग विज्ञान प्रविधि क्षेत्रका अनुसन्धान र नवप्रबर्तनका लागि विचार र सुझाव आव्हान गर्नुभएको छ ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत विदेशमा बस्ने नेपालीहरुमा रहेको ज्ञान, सीफ दक्षता र अन्तर्राष्ट्यि अनुभव नेपालका लागि अति महत्वपूर्ण सम्पत्ति भएकाले त्यसको सदुपयोग गर्न भन्दै सुझाव, प्रस्ताव आव्हान गर्नुभएको हो ।

उहाँले सुझाव आव्हान गर्दै आजसम्म विदेशमा आजन गरेको ज्ञान, सीप राष्ट्रहितमा प्रयोग हुन नसकेको भन्दै आफ्नो छोटो कार्यकालमा के गर्न सकिन्छ त्यसको विवरण पठाउन आग्रह गर्नुभएको हो ।

मन्त्री पुनले गर्नुभएको आव्हान जस्ताको तस्तै

हामी सबैलाई थाहा छ कि तपाईंहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव विदेशीको लागि मात्र होइन कि नेपालका लागि पनि अत्यन्त महत्वपूर्ण सम्पत्ति हो। तर देशले तपाईंहरूको प्रतिभालाई राष्ट्र हितको लागि अझ सम्म पनि आकर्षण गर्न, प्रयोग गर्न र सम्मान गर्न सकेको छैन।

मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञान प्रविधिको विकासमा के के गर्न सकिन्छ भनेर सुझाव लिन खोजी रहेको छु। अहिलेको अवस्थामा त्यति धेरै ठोस काम गर्न नसक्ने भए तापनि तपाईँहरुले नेपालको हितको लागि हृदयदेखि नै सोचिरहनु भएको र गर्न चाहनु भएको बिज्ञान प्रविधि क्षेत्रका अनुसन्धान र नवप्रबर्तनका अल्पकालिन प्रस्ताव, नयाँ विचार, सुझाव वा सम्भावित सहकार्यहरु छन् भने कृपया मलाई आफ्नो विचार इमेल मार्फत [email protected] मा पठाउनु होला । धन्यवाद !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.