क्रिकेटखेल

एनपिएलमा विराटनगरको तेस्रो जित, पोखरा चार विकेटले पराजित

पोखराको प्लेअफमा पुग्ने सम्भावना समाप्त

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले तेस्रो जित निकालेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ४ विकेटले परजित गर्दै विराटनगरले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा १३२ रनमा समेटियो ।पोखराको लागि ओपनर युवराजसिंह सम्राले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८४ रनको अर्धशतकीय पारी खेले भने धनन्जय लक्ष्यणले २२ सन्नी बिकले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरका कप्तान सन्दीपले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार ह्याट्रिकसहित ६ विकेट लिए भने रुपेश सिंह, एञ्जेलो म्याथ्युज, र चारिथ असलंकाको भागमा समान एक-एक विकेट रह्यो । पोखराले दिएको १३३ रन्को लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

विराटनगरका लागि बसिर अहमदले ३९ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन बनाए भने ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे । त्यस्तै इसुरु उडानाले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित २५ रन बनए भने शेहान जयासूर्याले १४ बल खेल्दै २ चौका प्रहार गर्दै अविजित १७ रन बनाए । यस्तै ओपनर इमरान शेखलर १० रन जोड्दा एन्जेलो म्याथ्युज ८ रन बनाए ।

पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले समान दुई-दुई विकेट लिए भने बिपिन खत्री र धनन्जय लक्षणको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै विराटनगर छ खेलमा छ अंक जोड्दै चौथो स्थानमा उक्लिदै प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ भने छैटौं खेलमा पाँचौ हार व्यहोरेको पोखरा दुई अंकसहित पूछारमा रहेको छ र उसको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.