कला/मनोरन्जनकलिउडजापान
जापानबाट “एक बचन बोल्दै…” आए गायक थकाली (भिडियो सहित)
जापानमा रहेर नेपाली संगीत साधनरत रक गायक सुदिप कुमार थकालीको नयाँ गीत “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ । एक दशकदेखि जापानमा बस्दै आएका गायक थकाली सानै उमेरदेखि गीत सङ्गीतका पारखी थिए ।

गायक थकालीको स्वर, आँशु लामाको शब्द,सङ्गीत तथा नोर्बु शेर्पाको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका छन् । राम केसीले छायांकन गरेको गीतको म्युजिक भिडियोमा मोडलद्वय उषा उप्रेती र लोमुस शर्माले अभिनय गरेका छन् ।
गायक थकाली यस गीतको म्युजिक भिडियोले दर्शक श्रोताहरूको मन जित्नेमा विश्वस्त हुँदै यसले नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने बताउँछन् ।
प्रतिक्रिया राख्नुहोस्