राजनीति

मुस्ताङमा रास्वपा संगठन विस्तार

फागुन २१ गतेको निर्वाचनका लागि संगठन विस्तार अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा जिल्ला भेलासहित जिल्ला समिति गठन गरेको छ ।

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो ।

भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरिप्रसाद थकाली रहनुभएको छ ।

भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ भने र्‍यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङलाई चयनन गरिएको छ ।

आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरु शंकर श्रेष्ठ र साजन शर्मा मनाङ पुग्नुभएको थियो ।

पार्टी गठन भएको ४० महिनापछि मनाङमा पार्टी संरचना बनेको हो । रास्वपाको कमिटी गठन हुन बाँकी अब मनाङ र डोल्पा मात्र बाँकी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.