खेलफूटबल

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी, रोचक बन्यो अंक तालिका

कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । समूह चरणको पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २-० गोलले हराउँदै पहिलो जित निकालेको हो ।

समूह ‘सी’ अन्तर्गतको खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्नुभयो । पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको अर्जेन्टिना दोस्रो हाफमा खेलमा फर्किएको थियो ।

६४औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । डिबक्सभित्रको मेस्सीको शसक्त प्रहार विपक्षी रक्षकलाई लाग्दै गोल भएको थियो ।

त्यसपछि ८७औं मिनेटमा इन्जो फर्नान्डेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई जिताउनुभयो । पहिलो हाफमा गोलको राम्रा अवसर गुमाएको मेक्सिकोले दोस्रो हाफमा खासै प्रभाव जमाउन सकेन ।

पहिलो जितसँगै तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको पोल्यान्डको चार अंक छ ।

शनिबार नै भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हराएको थियो । तीन अंक बनाएको साउदी अरब तेस्रो स्थानमा छ । अन्तिममा रहेको मेक्सिकोको एक अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.