कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा प्रवेश गर्ने क्रममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गरेको हो ।

कतारको लुसइल रङ्शालामा भएको प्रि क्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलका गोन्कालो रामोसले ह्याट्रिक गरे । यो जारी विश्वकपमा पहिलो ह्याट्रिक हो ।
पोर्चुगलका लागि उनले खेलको १७औँ, ५१औँ र ६७ औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्