राजनीति

संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।

उन्नाइसौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘उत्प्रेरित कर्मचारीः उत्कृष्ठ  संसद् सेवा’ विषयक कार्यक्रममा सभामुख घिमिरेले संसद् महत्वपूर्ण अङ्ग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कस्ता किसिमका निर्णय गर्दा सदनको गरिमा बढछ् भन्नेबारे खुला बहस र छलफल हुनुपर्छ ।” कर्मचारीका दायित्व, समस्या र हाम्रो संसद्को चरित्रबारे पनि गहन छलफलको आवश्यकतामा जोड दिँदै सभामुख घिमिरेले कर्मचारीलाई प्रभावकारी नबनाई यो प्रणालीलाई चुस्त तुल्याउन सकिदैन भन्नुभयो ।

संसद् सेवाका कर्मचारीको मनोबल उकास्नु पर्नेमा तजविजका आधारमा बजेट विनियोजन गर्ने परिपाटीले चूनौति खडा गरेको उल्लेख गर्दै उहाँले स्थायी सदनकारूपमा रहेको राष्ट्रियसभाको अधिवेशन बोलाउनका लागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “अहिलेको विशिष्ट परिस्थितिबाट देशले छिट्टै राजनीतिक निकास पाउने विश्वास छ, देशको आवश्यकता अनुरुप सदन प्रभावकारी हुनेछ, आउने दिनमा अन्यौलता हट्नेछ । बनेका कानुन कार्यान्वयन गर्न सरकारलाई  सहयोग गर्ने, बाध्य र विवस तुल्याउने तथा तर्जुमा गर्नु पर्ने कानुन पनि समयमै गर्न स्पष्ट दृष्टिकोण, आवश्यक कानुनी व्यवस्था गर्ने छ ।”

सो अवसरमा विषय विज्ञकारूपमा पूर्वसचिव राजन खनालले कर्मचारीलाई कार्यजिम्मेवारीले अनुभवी बनाउने भएकाले सबै सेवामा रहनेलाई बृत्ति विकासमा समान अवसर प्रदान गरिनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले जनताले सेवा प्राप्तिमा परिवर्तन खोजेकाले कर्मचारीतन्त्र रुपान्तरण हुने पर्नेमा जोड दिनुभयो । पूर्वसचिव खनालले सेवा प्रवाहलाई विश्वमा विकास भइरहेको नवीनतम प्रणाली र उपकरणको माध्यमबाट गर्न सकिने बताउनुभयो ।

अर्का विज्ञ जातीरमण भट्टराईले राष्ट्र सेवक कर्मचारी जागरुक र जिज्ञासु भएर राज्यबाट जनतालाई प्रदान गरिने सेवा सहज तुल्याउने गरी कार्य सम्पादन गर्न सुझाव दिनुभयो । मनो परामर्श विज्ञ डा खगेन्द्र सुवेदीले निश्चित सूचकका आधारमा आवधिक बढुवा प्रणालीलाई पारदर्शी तुल्याउँदै हरेक कर्मचारीलाई उत्तरदायी तुल्याउनु आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले प्रर्याप्त ज्ञान, विशेषज्ञताअनुसारको निर्णय क्षमता प्रस्तुत गर्न सुझाव दिँदै आफ्नो जिम्मेवारी पुरा गर्नुको साटो अरुको चियो चर्चा गर्ने प्रवृत्तिले कर्मचारीतन्त्रमा दरो जरा गाडेको बताउनुभयो ।

सो अवसरमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सचिव डा रोजनाथ पाण्डेले सहभागिको जिज्ञासा र संसद् सेवाका विविध पक्षबारे जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.