नेपाली राष्ट्रिय टिममा लामो समय योगदान दिनुभएका सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान विनोद भण्डारी जारी एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा उक्लनुभएको छ ।
मंगलबार पहिलो क्वालिफायरमा विराटनगर किंगसलाई पराजित गर्ने क्रममा भण्डारीले ६३ रनको अद्र्धशकीय पारी खेलेसंगै उहाँ रन बनाउनेमा दोस्रो स्थानमा उक्लनुभएको हो ।
विराटनगरबिरुद्ध लामो इनिङ खेल्नुभएका भण्डारीले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरी ६३ रन बनाउनुभयो । जारी एनपीएलको यो उहाँको दोस्रो अर्धशतक हो ।
विराटनगरबिरुद्ध अद्र्धशतक प्रहार गरी खेलको म्यान अफ दि म्याच बन्नुभएका भेट्रान भण्डारीले ८ खेलबाट २ सय ६४ रन बनाउनुभएको छ ।
एनपिएलमा बाहिरसकेको पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३ सय २३ रन बनाउनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्