खेलफूटबल

विश्वकपबाट बाहिरिए पनि नेयमारले बनाए पेलेसंगको कीर्तिमान बराबर

कतारमा जारी विश्वकप फुटबलको पहिलाृ क्वाटरफाइलमा उपाधी दावेदार ब्राजिल क्रोएसियासंग स्तब्ध हुँदै बाहिरिन पुग्यो । अब क्रोयसियाको भेट सृमिफाइदलमा अर्जेन्टिनासग हुनेछ।

कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४(२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।

ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले गोल गर्दा रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्नबाट चुके ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका नेयमारले गोल गर्दै पहिलो अग्रता लिएका थिए । उनले पाक्वेटाको पासमा गोल गरेका थिए ।

खेलको ११७औं मिनेटमा क्रोएसियाका ब्रुनी पेट्कोभिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हराएको थियो ।

विश्वकपबाट बाहिरिए पनि ब्राजिलका स्टाइकर नेयमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमानसंग बराबरी गरे ।

खेलको अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउँदै पेलेसंगको कीर्तिमान बराबर गरेका हुन् । नेमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.