राजनीति

ओली समूह नै नेकपाको आधिकारिक : अर्को मंसिरमा महाधिवेशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आफूहरु नै वैधानिक भएको दावी गर्दै पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री ओलीले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय समितिमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गेको छ ।

त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पर्सी ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । ओली समूहको बैठकले प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ ।

बैठकपछि ज्ञवालीले बैठकपछि भने, पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र भन्ने प्रश्न गर्दै त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा नभएको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button