कला/मनोरन्जनकलिउड

नवदुलहीमा समर्पित सयोगको रोमान्टिक गीत (भिडियोसहित)

गीत केवल केही शब्द, बाध्ययन्त्रको धुन र गायकको गलाको कला मात्र हैन- यो त पीडा, सुख, हाँसो, खुसी, रोदन, व्यथा, देशभक्ति, बिरोध, समर्थन, समर्पण अनि विश्व ब्रह्माण्डलाई नै प्रस्तुत गर्ने अद्भूत माध्यम हो । गीतले नै मानिसदेखि प्रकृतिसम्मको स्वभाव, परिस्थिति र सोच अनि व्यवहारलाई एकमुष्ट प्रतिनिधित्व गर्छ ।

त्यसैले त संगीतले आगो बाल्छ, पानी पर्छ अनि पशुपक्षी समेत शान्त हुन्छ भनिन्छ । त्यसैले गीत न सीमा, न बाध्यता, न भाषा, न एकै बोलीमा बाँधिन सक्छ । यसले हरेक परिस्थिति र वातावरणलाई प्रतिनिधित्व गर्छ ।

यस्तै नयाँ वातावरण, नयाँ अनुभव अनि नयाँ यात्रामा समर्पित एउटा गीत आएको छ गायक, संगीतकार तथा गीतकार सयोग विक्रम राणा कुँवरबाट भरखरै वैवाहिक जीवनमा बाँधिएको सयोगले आफ्नी नवविवाहित पत्नीलाई एउटा रोमान्टिक गीतले स्वागत गरेका छन् ।

दर्जन बढी गीत र म्यूजिक भिडियो बनाइसकेका सयोग आयरल्याण्डमा अध्ययन र संगीतकर्मलाई अघि बढाइरहेका छन् । नेपाल आएर विवाह गरेपछि उनले आफ्नै विवाहको भिडियो दृश्यहरुलाई प्रयोग गरेर एउटा मधुर गीत तयार गरे, जुन हरेक नवविवाहित दम्पत्तिका लागि एउटा उपहार नै बनेको छ ।

नेपाली वैवाहिक गीत नाम दिइएको डोली सजाएर लान्छु तिमीलाई बोलको यो गीत सुन्ने र हेर्ने जो कोहीलाई मन्त्रमुग्ध पार्दछ । प्रेम जोडी हुन् वा दम्पत्ति हरेकको मनको भावना व्यक्त गर्ने यो गीत हरेक वैवाहिक कार्यक्रममा बजाउनैपर्ने गीत बनेको छ ।

नेपालको सांगीतिक आकाशमा कम सुनिएका, तर अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीत र प्रतिभाको राम्रो चिनारी दिएका सयोग गत वर्ष आयरल्याण्डमा सम्पन्न एउटा रियालिटी सांगीतिक प्रतिस्पर्धामा सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.