राजनीति

नेकपालाई नमूना बनाउँछौँ : अध्यक्ष नेपाल

नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकमा बेल्दै नेता नेपालले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो “कम्युनिष्ट पार्टी क्रान्तिकारी उद्देश्यप्रति समर्पित हुँदै विधि, पद्धतिअनुसार चल्छ भन्ने विषयलाई नमूनायोग्य ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ”,

अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदमका रुपमा अथ्र्याउनुुभएको श्रेष्ठले जानकारी दिनुुभयो । अध्यक्ष दाहालले ऐतिहासिक परिवर्तन, संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल बनाएर समाजवादको दिशातर्फ अगाडि बढाउन थप सङ्घर्ष गर्न तयार हुनुुपर्नेमा जोड दिनुुभएको थियो ।

पार्टी एकता विरोधी षड्यन्त्रलाई सफल हुन नदिने, एकतालाई सुदृढ गर्ने, विघटन भइसकेका पूर्वपार्टी ब्युँताउने षड्यन्त्रलाई असफल पारेर नेकपालाई एकीकृत, क्रान्तिकारी र सशक्त पार्टीका रुपमा विकास गर्न ऊर्जाशील भएर काम गर्न सबै नेताकार्यकर्तालाई उहाँले निर्देशन दिनुुभएको थियो ।

महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै पार्टी महासचिवको टुुङ्गो लाग्ने बताउनुुभयो । बैठकले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको जनाइएको छ ।

महासचिव चयनका विषयमा बाहिर सार्वजनिक भएजस्तो कुनै विवाद नरहेको जिकिर गर्दै उहाँले भन्नुुभयो, “हाम्रो पार्टीमा अहिले त्यसप्रकारको विवादसहितको दाबी आएको छैन । विवादका कारण महासचिव चयनमा ढिला भएको सत्य होइन ।” स्थायी कमिटीको सर्वसम्मतिबाट महासचिव चयन गरिने उहाँले बताउनुुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.