राजनीति

पूर्व मन्त्रीहरु नै सरकारी जमीन अतिक्रमणमा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मामा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्वमन्त्रीहरू नै सक्रिय रहेको बताउनुभएको छ ।

मन्त्रालयले आइतबार सिंहदरवारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले राज्यको सम्पत्ति दोहन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीले सदैब उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो ।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गर्नुभयो ।

मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पदवहाली गर्नुभएको छ । नवनियुक्त कृषि मन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button