राजनीति

वाग्मती किनारका बस्ती हटाउन बालेनले मागे रविको साथ

काठमाडौंको मुटुमा रहेको थापाथलीस्थित वाग्मती नदी किनार अतिक्रमण गरी बसेको बस्ती तत्कालीन सरकारले असहयोग गरेपछि रोकिएको अभियान पुनः सुरु हुने भएको छ ।

यस क्रममा काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसंग सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो ।

पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ ।

पत्रमा थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थितरअनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएता पनि सो सफल हुन सकेको नसकेको उल्लृेख गरिएको छ ।

पत्रमा थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ ।

नयाँ सरकार गठनसंगै गृह मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सम्हालेसंगै महानगरको हौसला बढेको छ । निर्वाचन प्रचारका क्रममा रविले पटकपटक बालेनको जस्तो काम गर्ने भन्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.