विश्व समाचार

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु

आइतबार बैंकक फर्किरहेको गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमानमा सवार १८१ जनामध्ये २८ जनाको दुर्घटनामा ज्यान गएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ ।

विमान दुर्घटना

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आएपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो ।

विमान दुर्घटना स्थानीय समय अनुसार बिहान ९:०७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको थियो । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.