खेलफूटबल

फ्रान्सको पोष्टमा मेस्सी र डिमारियाको गोल

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच भैरहेको छ । पहिलो हाफमा अर्जेन्टिना २-० ले अगाडि छ ।

खेलको २२ औं मिटेनमा फ्रान्सेली खेलाडीले फल गरेपछि पाएको फ्रि किकलाई मेस्सीले सानदार ढंगले पोष्टका दिशा दिंदै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३६ औं मिनेटमा मेस्सीको सुन्दर पासमा डि मारियाले सानदार गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका छन् ।

आजको फाइनल खेलसंगै लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी समेत बनेका छन् । फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् । सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका मेसी सर्वाधिक ५ विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.