खेलफूटबल

पूरा भयो विश्वकप उचाल्ने मेस्सीको सपना

कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलको उपाधी अर्जेन्टिनाले जितेको छ । फ्रान्सलाई टाइब्रेकरमा ४-२ ले हराउँदै अर्जेन्टिनाले उपाधी जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा २-२ को बराबरीपछि थपिएको ३० मिनेटमा दुबै टोलीले १-१ गोल गरेर समग्रमा ३-३ को बराबरीपछि निर्णय टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा फ्रान्सको एक प्रहार अर्जेन्टिनाका किपरले रोके भने एक प्रहार बाहिरिएको थियो ।

निर्धारित र थपिएको समयमा अर्जेन्टिनाका लागि लियोनल मेसीले २ तथा डी मारियाले १ गोल गरे भने फ्रान्सका लागि एमबाप्पे एक्लैले ३ गोल गरे ।

विश्वका महान खेलाडीका रुपमा रहेका ३५ वर्षे लियोनल मेस्सीको प्रेरणामा उत्रेको अर्जेन्टिनाले यसपटक विश्वकप जित्ने भविष्यवाणी सुरुदेखि नै गरिए पनि पहिलो खेल साउदी अरेबियासंग पराजित भएको अर्जेन्टिनाले त्यसपछि सुधारिएको खेल प्रदर्शन गर्दै उपाधी जितेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.