जापान
पार्क गरिराखेको कारभित्र तीन जनाद्वारा सामूहिक आत्महत्या
जापानको साइतामा प्रान्तको हान्नो शहरमा पार्क गरिएको कारमा तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यसलाई सामूहिकआत्महत्या भएको अनुमान गरेको छ ।
बुधबार बिहान साढे १० बजेतिर एक भवन कम्पनीको स्टोरेज यार्डमा फेला परेको भाडाको कारमा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।
क्योडो न्युजका अनुसार मृतकमध्ये तीनजना पुरुष र एक महिला रहेका छन् । पुरुषको उमेर ४० देखि ४९ वर्षबीच र दुई महिलाको उमेर ४० दखि ५० वर्ष आसपास रहेको बताइएको छ ।
उक्त कारका झ्यालहरू बन्द गरिएका र कारभित्र चार कोल ब्रिकेटका अवशेषहरू फेला परेका थिए । मृतक दुई महिला मध्ये एक महिलाका आफन्तले महिला घर नफर्केपछि मंगलबार राति हराएको उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्