जन सरोकारस्वास्थ्य

नेपाल भित्रियो ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी खोप

कोरोना भाइरस संक्रमण हुन नदिन बुस्टर (अतिरिक्त मात्रा)का लागि फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो ।

उहाँले गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिनुभयो । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप भित्र्याइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.