जन सरोकार

ल्होत्से मलमा मोबाइल लुट्नेमध्ये चारजना पक्राउ

सोमबार साँझ नयाँ गोंगबुस्थित नयाँ बसपार्कमा यातायात मजदूर आन्दोलनका क्रममा ल्होत्से मलमा भएको मोबाइल लुटपाटमा संलग्न रहेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्होत्से मलका सुरक्षा गार्डले मोबाइल पसलमा चोरी गर्दा गर्दैको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ ।

कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार प्राप्त भिडियो फुटेजहरुको आधारमा चोरीमा संलग्नहरुको खोजी कार्य जारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.