क्रिकेटखेल

पिएनजीले दियो नेपाललाई एकसय ८० रनको लक्ष्य

संयुक्त अरब इमिरेट्समा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय श्रृङ्खला अन्तर्गत नेपाल र पपुवा न्यूगिनी (पिएनजी)बीचको खेल चलिरहेको छ । खेलमा पिएनजीले नेपाललाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ४९।२ ओभरमा १० विकेट गुमाउँदै १७९ रन बनाएको हो । पिएनजी र नेपालबीचको यो दोस्रो खेल हो ।

पिएनजीलाई सस्तैमा समेट्ने क्रममा सोमपााल कामी र दिपेन्द्रसिं ऐरीले २२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले समान ११ विकेट लिए । पिएनजीका ३ खेलाडी रनआउट भए ।

पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए भने किप्लिन डोरिगाले २६ र हिरी हिरीले ३१ रन जोडे । त्यस्तै कप्तान असद भाला ११, सेसे बाउ ११, गौडी टोका १५, चाड सोपरले ९ रन बनाए ।

नेपाली बलरहरुसामु राम्रोसंग खेल्न नसकिरहेका पिएनजीका ब्याट्सम्यानहरुमा नोर्मन भानु १४,रिले हेकुरे ९, हिला भारी ४ र सेमो ककामियाले २ रन बनाए भने ८ रन अतिरिक्त पाएको थियो ।

यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपालले पिएनजीलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल युएईसंग ६८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.