क्रिकेटखेल

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध 

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध भएको छ । मंगलबार भएको खेलमा नेदरल्यान्ड्  सनसनिपूर्ण निकाल्ने क्रममा दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सले ३८ रनले पराजित गरेको हो ।

विश्वकप क्रिकेट

जारी प्रतियोगितामा नेदरल्यान्ड्सको यो पहिलो जित हो भने दक्षिण अफ्रिकाको पहिलो हार । भारतको धर्मशालामा भएको खेल वर्षाका कारण ४३ ओभरमा घटाइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

उसका लागि कप्तान स्काट एडवर्ड्सले अविजित रहँदै ७८ रनको अर्ध शतकीय पारी खेले भने रुलोफ वान डेरले २९ रन बनाए । त्यस्तै आर्यन दत्त २३ रनमा अविजित रहँदा तेजा निदामनुरुले २० र ओड्वाडले १८ रन बनाउँदा सुब्रान्ड एंग्लाब्रेच्टले १९ रन  बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसन र कगिसो रबाडाले समान तीन-तीन विकेट लिँदा जेराल्ड कोएत्जी र केशव महाराजको भागमा समान एक-एक विकेट रह्यो । नेदरल्यान्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा अलआउट हुँदै २ सय ७ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ४३ रन बनाए भने हेनरीच क्लासेनले २८ रन बनाउँदा क्विन्टन डिककले २० तथा टेम्बा बभुमाले १६ रन बनाए । यस्तै जेराल्ड कोट्जेले २२ रन बनाउँदा केशव महराजले ४० रन जोडे ।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले तीन विकेट लिए भने पउल भान मिकेरेन, रोएलोफ भान डेर मेर्वी र बास डी लिडको भागमा समान २-२ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज न्युजिल्याण्ड र अफगानिस्तान भिड्दै छन् । चेन्नाईमा हुने उक्त खेल नेपाली समय अनुसार सवा दुई बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.