क्रिकेटखेल

विश्वकप क्रिकेटमा पाकिस्तान अफगानिस्तानसँग आठ विकेटले पराजित 

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान अफगानिस्तानसँग स्तब्ध बनेको छ  । सोमबार भएको खेलमा पाकिस्तान अफगानिस्तानसँग आठ विकेटले पराजित हुन पुग्यो ।

विश्वकप क्रिकेट

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक अफगानिस्तानले पाकिस्तालाई पराजित गरेको हो । यसअघिका यी दुई राष्ट्रबीच भएको सात भेटमा पाकिस्तान विजयी भएको थियो । इंग्ल्यान्डलाई हराएर इतिहास रचेको अफगानिस्तानले इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गर्दै अर्को सनसनिपूर्ण जित निकालेको हो ।

चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८२ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ९२ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान गरे भने अब्दुल्लाह शाफिकले ७५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रनको अर्धशतकीयपारी खेले ।

त्यस्तै शादब खान र इफ्तिखर अहमदले समान ४०-४० रन बनाए भने साउद शकिलले २५ र इमान उल हकले १७ रन जोडे । अफगानिस्तानका लागि नुर अहमदले तीन, नविन उल हकले दुई तथा मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले समान एक-एक विकेट लिए ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।अफगानिस्तानका लागि इब्राहिम जाद्रनले १ सय १३ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ८७ रनको योगदान गरे भने रहमत शाह ८५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ७७ रनमा अविजित रहे । यस्तै रहमानुल्लाह गुर्बाजले ५३ बलमा नौ चौका र एक छक्काको मद्दतमा ६५ रन जोड्दा कप्तान हस्मतुल्लाह शाहिदी ४८ रनमा  अविजित रहे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र हसन अलीले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.