जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । रूपन्देही, देवदह नगरपालिका-१० चरङगे रम्भादेवी टोलस्थित चरङ्गे खोलामा सोही ठाउँ बस्ने ६१ वर्षीय केशव सिंह गाहा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै कालिकोट, तिलागुफा नगरपालिका-१ मालिका सामुदायिक वनमा सोही ठाउँ बस्ने ४३ वर्षीय गोरे बोगटी शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, झापा गाउँपालिका-७ झाङगा टोल बस्ने धन बहादुर कार्कीको घरमा विगत १२ वर्षदेखि काम गर्दै आएका सोही गाउँपालिका-८ डाँगिबारी बस्ने ६८ वर्षीय तेज बहादुर माँझी घर नजिक रहेको गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता धादिङ, गंगाजमुना गाउँपालिका-७ अधेरीखोलास्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने कास्की घर भएका २९ वर्षीय सोम पौडेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.