क्रिकेटखेल

त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्यूगिनी

हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनल उपाधिका लागि नेपाल र पपुवा न्यगिनी भिड्ने भएका छन् । फाइनल भोलि बुधबार हुनेछ ।

मंगलबार भएको समूह चरणको तेस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्‍यो ।

जितसँगै पपुवा न्यूगिनीले दुई खेलमा दुई अङ्क जोड्यो । हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो ।

साथै दुई खेल खेलेको नेपालले तीन अङ्क बनाएको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । फाइनल खेल भोलि हुनेछ ।

हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्यूगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्‍यो ।

पपुवा न्यूगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएको थियो ।

हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए । नस्रुला राना र एहसान खानले समान १६र१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए ।

पपुवा न्यूगिनीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुईरदुई विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.