कर्पोरेट/पर्यटन

सङ्घर्ष विष्टको अध्यक्षतामा रेवानको २१ सदस्यीय कार्यसमिति चयन

रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान)को ३४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट सङ्घर्ष विष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

रेवानको प्रथम उपाध्यक्षमा नरेसध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्ष पोखराबाट लक्ष्मण बराज, क्षेत्रगत उपाध्यक्ष सौराहबाट नरेश गिरी, महासचिव शरदकुमार दाहाल, कोषाध्यक्ष विप्लब भट्ट, सचिव सचिन कर्माचार्य, सहकोषाध्यक्ष उद्धव ढकाल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा अनुपलाल कक्षपति, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तेजस सुन्दरलाल कक्षपति, रितेज श्रेष्ठ र डोलबहादुर थापा सारु, एकराज अधिकारी र देवेन्द्र गिरी निर्वाचित हुनुभएको छ ।

निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी स्वत सदस्य हुने व्यवस्था छ । रेवान पोखराबाट सदस्यमा नरेश भट्टराई, रेवान सौराहबाट ध्रुव गिरी, रेवान बन्दीपुरका जीतेन्द्रलाल भूमि र रेवान चितवनका अच्युत भट्ट निर्वाचित हुनुभएको छ ।

विगत ३५ वर्षदेखि नेपालको रेष्टुरेन्ट व्यवसायमा संलग्न विष्टले अध्यक्ष निर्वाचित भएपछि रेवानलाई नेपाल अधिराज्यभर विस्तार गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.