मृत अवस्थामा सात जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । महोत्तरी, बर्दिबास नगरपालिका-२ संजोग मार्गस्थित मकैबारीमा सोही नगरपालिका-२ बस्ने ५१ वर्षीय दिल बहादुर राना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी महोत्तरी, रामगोपालपुर नगरपालिका-४ बिचला चोक बस्ने गोविन्द महतोको छोरा अन्दाजी साढे २ वर्षीय सचिन महतो सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् ।
त्यस्तै सर्लाही, इश्वरपुर नगरपालिका-७ पोखरीटोल बस्ने ५० वर्षीय किशोरी साह आफ्नै घर नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै लमजुङ, सुन्दरबजार नगरपालिका-१० कोईरालाफाँटस्थित पाउदी खोलामा सोही नगरपालिका-१० पाखुरे बस्ने २८ वर्षीय राम बहादुर मजाकोटी सोमबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
उता सुनसरी, बराहक्षेत्र नगरपालिका-४ पिडारी बस्ने ६५ वर्षीय गोबिन्द खड्का सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता प्युठान, माण्डवी गाउँपालिका-५ रम्दी आपचौरस्थित झिमरूक नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी पर्सा, धोबिनि गाउँपालिका-५ बर्वा चोकस्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्