क्रिकेटखेल

पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले दियो सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको लक्ष्य 

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एनपिएल

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३९ रन बनाएको हो ।  जनकपुरको लागि जिमी नीसमले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए भने शुभ कंसाकारले २४ बलमा ४ चौकाको मद्दतमा २६ रन बनाए ।

त्यस्तै लहिरु मिलान्था र हार्ष ठाकरले समान १२-१२ रन जोड्दा आसिफ शेख र अरनिको यादवले समान ११-११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने  सैफ जेबले दुई विकेट लिँदा स्कट कुगलाइन र अभिनाष बोहोराको भागमा समान एक-एक विकेट रह्यो ।

यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

जनकपुर बोल्ट्सको प्लेइङ–११ मा आसिफ शेखसहित आकाश त्रिपाठी, लाहिरु मिलान्था (विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी छन् ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ–११मा  दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सैफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगलाइन , नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.