जल/वातावरण

आज पनि काठमाडौं विश्वकै शीर्ष स्थानमा, नयाँ दिल्ली दोस्रो

केही दिनयता प्रदूषणमा विश्व कीर्तिमान बनाउँदै आएको संघीय राजधानी काठमाडौंको आज मंगलबार पनि वायु प्रदूषण विश्वको शीर्ष सूचमा परेको छ ।

‘एयर क्वालिटि इन्डेक्स’ अनुसार आज बिहान काठमाडौं विश्वको सबै भन्दा प्रदूषित शहरका रूपमा कायम रहेको छ । काठमाडौंको वायु प्रदूषण २६२ एक्युआई पुगेको छ । जुन अति अस्वस्थ तह हो ।

काठमाडौं पछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा छन् । वायु प्रदूषण उच्च हुँदा चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । उनीहरूले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन् ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौंमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवन, बिजुलीबजार, पुतलीसकडलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

उच्च वायु प्रदूषणका कारण हवाई उडान प्रभावित भएको छ । काठमाडौंसहित देशका विभिन्न शहरमा जारी उच्च वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका हुन् ।

प्रदूषणका कारण भिजिबिलिटी कम भएपछि बिहान धेरै आन्तरिक उडान प्रभावित भएका छन् । बिहानलाई तय भएका पोखरा, लुक्ला र भरतपुरमा उडान डिले भएका छन् । प्रदूषणले डोमेस्टिक र अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.