जन सरोकार
भोटेकोशीमा बाढी आउन सक्ने भन्दै चीनले पठायो सतर्कता सूचना
यही असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन चिनियाँ प्रहरीले आग्रह गरेको छ।
चिनियाँ प्रहरीको सूचनापछि सिन्धुपाल्चोक प्रशासनले भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो ।
सूचनामा भनिएको छ, “भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ।”
सूचना :





प्रतिक्रिया राख्नुहोस्