अर्थमन्त्री खनालको जिम्मेवारी थपिँदा, गृहमन्त्री अर्यालको भने खोसियो
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दा अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर प्रसाद खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे समेत जिम्मेवारी दिँदा गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरी गृह मन्त्रालयको मात्र जिम्मेवारी दिनुभएको छ ।
आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री कार्कीले कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिनुभएको हो । भदौ २७ गते अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
प्रधानमन्त्री कार्कीले आफूसँग ९ मन्त्रालय राख्दा मन्त्री कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय र मन्त्री सिन्हालाई कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यता प्रधानमन्त्री कार्कीले खानेपानी , परराष्ट्र , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक , युवा तथा खेलकुद , रक्षा , वन तथा वातावरण , श्रम, रोजगार तथा सामाजिक सुरक्षा , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कार्कीको काँधमा छ ।
आज चार जना मन्त्री नियुक्ति भएसँगै मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र विज्ञ मदन परियारले मन्त्रीमा नियुक्त हुनुभएको हो ।
पुन शिक्षा विज्ञान तथा प्रविधि, खरेल सञ्चार तथा सूचना, सिन्हा उद्योग, कानुन र भूमि मन्त्रालय र परियार कृषिमन्त्रीमा नियुक्त हुनुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्