क्रिकेटखेल

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज यूएईसँग खेल्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँगको त्रिकोणत्मक एकदिवसीय शृंखला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज (बिहीबार) युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली यूएईको सहभागिता रहेको छ । नेपाल आज यूएईलाई पराजित गर्दै सिरिजमा पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रदै छ भने यता यूएई पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

नेपाल सिरिजको पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो भने यूएई पनि आफ्नो पहिलो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो । यी दुईबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५ खेल भएका छन् । जसमा नेपाल ९ खेल जित्दा यूएई ६ खेलमा विजयी भएको छ ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपाल १७ खेलमा पाँचमा जित तथा दशमा हारका साथ १२ अङ्क जोडेको छ । दुई खेल वर्षाका कारण हुनसकेको थिएन ।

त्यस्तै हालसम्म १७ खेल खेलेको युएई भने तीनमा जित र १४ हारसहित छ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । यस्तै अमेरिका हालसम्म खेलेका २२ खेलमध्ये १६ मा जित र छमा हारका साथ ३२ अङ्क जोडेदै शीर्ष स्थानमा स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.