भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएको छ । शुक्रबार राति भएको खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो ।
बेंगलुरुको घरेलु मैदानमा एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । गुजरातका लागि ओपनर साई सुदर्सनले ५८ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १०० रनको शतकीय पारी खेले भने शुभमन गिलले ३२ रन बनाए ।
त्यस्तै जोस बटलरले २५ रन जोड्दा जेसन होल्डरले २३ र वासिङ्टन सुन्दरले १९ रन बनाए । बेंगलुरुका लागि भुवनेश्वर कुमार, जोश हेजलवुड र सुयश शर्माले समान एक-एक विकेट लिए । गुजरातले दिएको २ सय ६ रनको लक्ष्य बेंगलुरुले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको लागि विराट कोहलीले ४४ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८१ रनको अर्धशतकीय पारी खेले भने देवदत्त पडिक्कलले २७ बलमा २ चौका र ६ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, क्रुनाल पाण्डेयले २३ र टिम डेभिडले १० रनमा अविजित रहे । गुजरातका लागि रशिद खानले दुई विकेट लिए भने मोहम्मद सिराज, जेसन होल्डर र मानव सुधारको भागमा समान एक–एक विकेट रह्यो ।
जितसँगै बेंगलुरु सात खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा छ अनक जोडेको गुजरात सातौँ स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्