राजनीति

अब मुलुकको जिम्मेवारी युवाहरुलाई सुम्पिनुपर्छ : प्रचण्ड

भदौ २३ र २४ गतेको जेनजी (नवपुस्ता) आन्दोलनपछि प्रायः सबै राजनीतिक दलका नेताहरुले युवा पुस्ताको भावना अनुसार काम गर्ने बताइरहेका बेला नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताउनुभएको छ ।

शनिबार जेनजी कार्यकर्तासँग संवाद कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताउँदै नेतृत्व सुम्पने बताउनुभएको छ ।

यसका लागि वातावरण बनाउन आफू लागि परेको बताउँदै संयोजक प्रचण्डले भन्नुभयो, ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ ।’

नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आफूहरूले निरन्तर संसद्मा रहेर संघर्षमा गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेनजी आन्दोलन भएपछि थप उर्जा प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

जेनजी पुस्ताले पहलकदमी लिएर २३ र २४ भदौमा गरेको आन्दोलनले देशलाई र विश्वभर रहेका नेपालीहरूलाई राम्रैसँग झकझक्याएको र नयाँ परिस्थिति निर्माण गरेको र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित र बाध्य दुवै पारेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.