खेल

दीपेन्द्र चम्किंदा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण चार विकेट लिएपछि राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए भने आरिफ शेखले २७ रनको योगदान दिए ।

सुदूरपश्चिमलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे । सुदूरपश्चिमले दिएको १ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव दुई ओभरमा ९४ रनमा अलआउट भयो ।

कर्णालीका लागि पवन सराफले सर्वाधिक २७ बनाए भने मार्क वाटले १७ रन बनाए । त्यस्तै कप्तान सोमपाल कामीले १४ रन जोड्दा गुल्शन झाले १३ रन बताए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि कप्तान ऐरीले चार विकेट लिए भने हर्मित सिंह र अभिनास बोहराले समान दुई-दुई विकेट लिंदा स्कट कुगेलेइन र हेमन्त धामीको भागमा समान एक-एक विकेट रह्यो।

सुदूरपश्चिम आज कर्णालीविरुद्ध जीत निकाल्दै तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राखेको छ । कर्णालीको भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.